कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनीको मुख्यमन्त्री नछोड्न एमाले नेतृत्वलाई सांसदको दबाब

नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा संघ र प्रदेश दुवैमा एमाले पहिलो दल भएको भन्दै नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री एमालेकै हुनु पर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय कमिटीका सचिव एवं प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितिमा भएको भेलाले मुख्यमन्त्री नछोड्न दबाब दिएको हो । भेलामा प्रतिनिधिसभामा निर्वाचित २१ मध्ये १४ र प्रदेशसभामा निर्वाचित २९ जना सहभागी थिए ।

छलफलले लुम्बिनी प्रदेश संसदीय दलको नेताको टुंगो प्रदेशसभा सदस्यको शपथग्रहणपछि लगाउने भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेबाट दलको नेताका लागि ५ जना आकांक्षी छन् । पोलिटब्युरो सदस्य एवं प्रदेश सहइन्चार्ज लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, चेतनारायण आचार्य, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सदस्य विष्णु पन्थीले संसदीय दलको नेता बन्न लबिङ गर्दै आएका छन् । प्रदेशसभाले पुस १७ गते आइतबार देउखुरीमा शपथग्रहण हुने जनाएको छ । त्यसपछि मात्र दलको नेता चयन प्रक्रिया सुरु हुने प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मासँगै, अनुशासनआयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायतका नेता पनि उपस्थित थिए । सांसदहरुलाई सम्मान गर्दै सचिव विश्वकर्माले एमालेविरुद्ध चौतर्फी घेराबन्दीबीच पनि लुम्बिनीका धेरै क्षेत्रमा पार्टीका उम्मेदवार विजयी भएर संघ र प्रदेश दुवैमा एमाले पहिलो पार्टी बनेकोमा नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले केही क्षेत्रमा थोरै मतान्तरले पराजित हुन परेको पनि उल्लेख गरे ।

पार्टीका उम्मेदवारलाई विजयी गराउन खटिएको भन्दै जिल्ला अध्यक्षहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । सम्मान कार्यक्रमपछि पार्टीले अबका दिनमा प्रदेशसभामा खेल्नुपर्ने भूमिका र नयाँ नेतृत्वको विषयमा छलफल भएको कपिलबस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित