लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भैरहवामा लालमतीको हत्या कि आत्महत्या ?

रूपन्देहीको सिद्धार्थनगर (भैरहवा) मा एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीया लालमती खत्री क्षेत्री रूपन्देहीको सिद्धार्थनगर–१३ हाटबजारस्थित आफ्नै कोठामा १ हप्ता अगाडि झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

२ वर्षदेखि भैरहवामा लक्ष्मी बुटिक टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी लालमतीको हत्या हो वा आत्महत्या यसबारे ठोस अनुसन्धान हुन सकेको छैन । झुण्डिएको अवस्थामा भेटिएकी युवतीका आफन्तले दिएको जाहेरी दरखास्त लिन प्रहरीले आनाकानी गरेको छ । परिवारले लालमतीको हत्या भएको भन्दै सिद्धार्थनगर नगरपालिका–१ रूपन्देहीका ३० वर्षीय जोर्डनविक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् ।

बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणसहित कान्छो दाइ टेकराज केसी ८ दिनदेखि बहिनीको न्यायको खोजीमा भौतारिएका लोकान्तरलाई बताए । लालमती घरकी राइली छोरी हुन् । खत्रीको मृत्यको खबर प्रहरीले अकस्मात पुर्‍याउँदा परिवार पीडामा छन् । मृतकका दाइ टेकराजले भने, ‘हामीले पटक–पटक आग्रह गर्दा पनि किटानी जाहेरी दर्ता गर्न प्रहरीले मानिएको छैन ।’

पर्याप्त प्रमाण नभएको भन्दै जाहेरी लिन नमानेको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी परे पनि आवश्यक कागजात नपुगेको उनले बताए । ‘आत्महत्या दुरूत्साहन हो भनेर संलग्न गरिएका कागजातले पुग्दैन,’ कुँवरले लोकान्तरसँग भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

लालमती बस्ने कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ । बहिनीको न्यायको खोजीमा बुटवलमा मृतकका २ दाजुभाइ भौतारिएका छन् ।

आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबूक परिवारले प्रहरीलाई दिएका छन् ।

छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए । १ महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएका छिमेकीसँग मृतक लालमतीले पनि भन्दै आएकी थिइन् । आरोपित युवा र मृतक युूवतीबीच गरिएका भिडियो, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगायत प्रमाणले उनीहरू प्रेम सम्बन्धमा रहेको बुझिएको छ । युवतीको शव अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित