तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एन प्याब्सनद्वारा प्रदेश स्तरीय वक्तृत्वकला, नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

कपिलवस्तु । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन लुम्बिनी प्रदेशले प्रदेश स्तरीय अन्तर विद्यालय वक्तृत्वकला, लोक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न सम्पन्न गरेको छ ।

कपिलवस्तुको चन्द्रौटामा विभिन्न चरणमा भएका प्रतियोगिता कार्यक्रममा ‘निजी लगानीका विद्यालयहरुमा अभिभावक र विद्यार्थीहरुको आकर्षण’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

उक्त वक्तृत्वकलातर्फ नोबेल इङ्लिस मिडियम स्कुल बाँकेकी छात्रा श्रद्धा बस्नेत प्रथम, ज्ञानज्योती सेकेन्डरी स्कुल तुलसीपुर द्वितीय, दाङकी बबिता भण्डारी र देवदह बोर्डिङ स्कुल रुपन्देहीकी छात्रा वृन्दा पाण्डे तृतिय भईन् ।

त्यस्तै गायन प्रतियोगितातर्फ न्यु नमुना इङलिस बोर्डिङ स्कुल रुपन्देहीकी छात्रा स्पर्स अधिकारी प्रदेश प्रथम, शिखा इङलिस बोर्डिङ स्कुल तुलसीपुर दाङका छात्र सुबास परियार प्रदेश द्वितीय र अन्नपूर्ण बिध्या मन्दिर कपिलवस्तुकी छात्रा करुणा थारु तथा ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल रुपन्देहीका छात्र अमन काफ्ले प्रदेश तृतीय भएको नेशनल प्याब्सन प्रदेश समितिले जनाएको छ ।
यस्तै लोक नृत्य प्रतियोगितातर्फ पञ्चमुखी इङलिस मिडियम स्कुल बाँके प्रदेश प्रथम, देबदह इङलिस बोर्डिङ स्कुल रुपन्देही प्रदेश द्वितीय र सगरमाथा बालबाटिका इङलिस बोर्डिङ स्कुल प्रदेश तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथमले २५ हजार, द्वितीयले नगद २० हजार, तथा तृतीयले १५ हजार नगद सहित साथमा मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गरिएको ले पुरस्कृत गरिएको थियो भने सहहागी प्रती समुहलाई पाँच हजार र प्रमाणपत्र प्रदान नेशनल प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव तथा गठित समिति सदस्य जेबि क्षेत्रीले जानकारी दिए ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी राज्यमन्त्री रिना नेपाल ( बिक) ले उद्घाटन गर्दै शैक्षिक क्षेत्रमा निजी विद्यालयले पुर्याएको योगदानको चर्चा गरे ।
नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष होमनाथ ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगी, केन्द्रीय उपमहासचिव कुशुम राणाभाट, केन्द्रीय सचिव कृष्ण पौडेल, केन्द्रीय सदस्य विष्णु पौडेल, पुर्व केन्द्रीय सदस्य प्रकाश गैरे, लुम्बिनी प्रदेश क्षेत्रमा रहेका नेशनल प्याब्सनका जिल्ला अध्यक्षहरु, क्रीसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्द लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित