रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

स्कलर्स होममा बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल । स्कलर्स होम बोर्डिङ माध्यमिक विद्यालय बुटवलले ३१ औ बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
विद्यालय स्थापनाको ३१ औं वर्ष पुरा गरेको अवसरमा स्कलर्स होम बोर्डिङले बार्षिकोत्सव तथा अभिभावक भेलासँगै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

बार्षिकोत्सवको अवसर पारेर विद्यालयले सोमबारनै विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तरगत विज्ञान प्रदर्शनी, खाना महोत्सव र विद्यार्थी गायन तथा नृत्य कार्यक्रम गरेको हो ।
विद्यालय परिषरमा विद्यार्थीले आयोजना गरेको खाना महोत्सवमा कोदो, खिर बबल टी लगायतका परिकार प्रदर्शन तथा विज्ञान प्रदर्शनीमा सोलार सिष्टम, भोल्कानो, साउण्ड प्रोडक्सन, हाइडोलिक, स्मार्टसीटि लगायतका आधुनिक आविश्कारहरु विद्यार्थीहरुले प्रदर्शन गरेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिए ।

बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले विद्यार्थीको चौतर्फि विकासका लागि प्रतिभा प्रस्फुटन कार्यक्रम उपयुक्त थलो भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरवृद्धिमा स्कलर्स होमले खेलेको भुमिकाका बारेमा चर्चा गरे ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, एन प्याब्सन जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका संस्थापक प्राचार्य शिव गुरुङ्ग लगायतले शैक्षिक विकास सक्रिय संस्थापक विद्यालयहरुको स्तरवृद्धि गर्न सरकार सकारात्मक हुनु पर्ने बताए ।
विद्यालयका प्रशासकीय प्रमुख लोकराज भण्डारी (राजु)को संचालनमा भएको कार्यक्रममा ५० बढी विधामा उत्कृष्टता हासिल गर्ने तीन सय विद्यार्थीलाई तथा अभिभावकहरु विच खेलाइएको बेलुन ब्लाष्ट, मेमोरी पावर प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने अभिभावकहरुलाई शिल्ड मेडल, तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित