तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सुनचाँदी व्यवसायी संघद्वारा रक्तदानको आयोजना

 

बुटवल ।

बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवल शाखाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०६ युनिट रगत संकलन भएको जनाइएका छन् ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायी संघले व्यवसायीक हकहितका लागि मात्र आफ्नो गतिविधि सामाजिक उत्तरदायीत्व पुरा गर्नेतर्फ पनि प्रतिवद्ध भएको यस कार्यक्रमले स्पष्ट पारेको बताए । उनले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा व्यवसायीहरुले पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए ।

संघका अध्यक्ष गोकुल विश्वकर्माले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै व्यवसायीक हकहितका लागि एक भएर लाग्न आग्रह गरेका थिए । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया सिलवालले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै रक्तदान कार्यक्रमलाई नियमित बनाउने तर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सुनचादी व्यवसायी संघका लुम्बिनी प्रदेश सचिव हरि विक लगायत बोल्दै मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु धारणा राखे ।

संघका अध्यक्ष गोकुल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रेमबहादुर सुनारले र सञ्चालन संघका सचिव चुरामणी विकले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित