लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मुलुकको अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीहरुको सामाना गरेको छ–राष्ट्रपती भण्डारी

बुटवल । राष्ट्रपती विद्यादेवी भण्डारीले बर्तमान अवस्थामा अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीको सामाना गरिरहेको बताएकी छिन् । बुटवलमा विहिबार देखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै अहिले आयात माथी नेपालको निर्भरता विस्तार भएको र यससबाट विदेशी मुद्धाको संचितीमा अभुतपुर्ण चाप परेको बताईन ।
साथै उनले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउने देखि पर्यटन प्रबद्र्धनका योजनाहरु अगाडि सार्नुपर्ने बताई । ‘हामीले यी चुनौती पार पाउन स्वालम्बी अथतन्त्रको विकास लाई मुलभुत उद्देश्य बनाउनु पर्छ । मुलकको व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, बदपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्धापन गर्ने तथा पर्यटन प्रबद्र्धन र जलविद्युत को स्वदेशी खपतमा जोड दिने नीति अवलम्ब गर्नु अति आवश्यक छ ।’ उनले भनिन् ।
साथै उनले स्थानिय तहले खेती योग्य जमिन बाझो नराख्ने नीति अवलम्ब गर्न समेत आग्रह गरिन । बाँझो जमिन नराख्ने नीति स्थानिय तहले बनाउनुपर्ने र युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायी संग मिलेर काम गर्ने गर्नुपर्ने उनको भनाई थियो । यसो भएमा केही बर्षभित्र व्यापार घाटा कम गर्दै लैजाने आधारहरु निर्माण हुने उनले बताईन ।
‘यदि यसो भएको अवस्थामा रोजगारी र उद्यामशिलताका नयाँ अवसर सिर्जना भई पुजी र प्रतिभाको पलायन रोक्न सकिन्छ’ उनले भनिन् ।
त्यस्तै उनले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजागरी सिर्जना गर्ने कार्यमा सहजिकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यस तर्फ ध्यान दिन सवैलाई आग्रह समेत गरिन । ‘उच्च मनोबल भएका उद्यमी र किसान हरु नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानु पर्दछ । राज्यको दुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यबाट पाउने अवसरलाई प्राप्ती गर्ने तर्फ सवैको ध्यान आर्कषित गर्न चाहन्छु’ उनले भनिन् ।

त्यस्तै उनले अर्थतन्त्र कमजोर भएको अवस्थामा गरिएको यस्तो मेला महोत्सवले शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ स्थानमा लैजाने र अर्थतन्त्रलाई माथी उठाउने मद्दत गर्ने बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित