उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा                
समाचार :

न्यू होराईजनको आयोजनामा २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

बुटवल । बुटवलको न्यू होराईजन माध्यमिक विद्यालयको आयोजना लुम्बिनी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ ।
विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरुको बौद्धिक ज्ञानलाई प्रष्फोटन गर्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत पहिलो हिट चरणमा पाल्पा, लमही र बुटवलमा गरिने र फाईनलका लागि ३ स्थानका विजेता र उपविजेताहरु बीच प्रतिस्पर्धा गराउने बताए ।
पाल्पा, लमही र बुटवलमा पहिलो हिट राउण्डमा प्रदेशका ११ विद्यालयका १ सय भन्दा बढि विद्यालयहरुको सहभागिता हुने विद्यालयले जनाएको छ । पहिलो चरणमा तीन स्थानमा हुने प्रतिस्पर्धामा प्रथम र द्धितिय गरी फाईनलमा ६ वटा विद्यालयले प्रतिस्पर्धागर्ने विद्यालयले जनाएको छ । यो प्रतियोगितामा न्यू होराईजनका कुनै पनि विद्यालयको सहभागिता भने नरहने बताइएको छ । प्राचार्य उपाध्यायले पहिलो चरणमा प्रथम द्धितिय र तृतिय हुनेहरुका लागि पनि पुरस्कारको व्यवस्था गरेको बताए ।
यहि पुस १५ गते बुटवल देविनगर देवसिद्ध चोकमा रहेको न्यू होराईजनमा हुने फाईलन प्रतियोगिताको प्रथमले नगद ३० हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने कार्यक्रम संयोजक गणेश भण्डारीले जानाकारी दिए । त्यसैगरी द्धितिय हुनेले २० तथा तृतिय हुनेले नगद १५ हजार प्राप्त गर्ने उहांको भनाई छ । न्यू होराईजन बुटवलका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले नीजि क्षेत्रलाई सरकार हेर्ने दृष्टिकोण अझै परिर्वतन नभएको भन्दै सञ्चारकर्मीले यस बारे घचघचाउनुपर्ने बताए । साथै उनले विद्यालयले आगामी बर्ष पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले शैक्षिक क्षेत्रको उन्नयनमा न्यू होराईजनको भुमिका अतुलनिय रहेको भन्दै सामाजिक उत्तरदायित्व बहन गर्न पनि विद्यालयलाई सुझाव दिए । न्यू होराईजन बुटवलले आयोजना गरेको २८ औं प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिताको विजेता छपियाको संस्कार बोडिङ स्कुल भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित