लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमामा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ युवाले ज्यान गुमाएका छन ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर बुधबार राती दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा शुद्धोधन गाउंपालिका–६ का २४ बर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउंपालिका–२ का २६ बर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जांदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल रातको करिब पौने २ बजे दुर्घटनामा परेको थियो । तीब्र गतीका कारण मोटरसाइकल अनियन्त्रित भई रेदिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित