निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलमा हुन लागेको सडक खाना महोत्सव विथोल्ने तेस्रो लिंगीहरुको उद्घोष

फाईल फोटो


तेस्रो लिंगी प्रक्राउ प्रकरण

बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलालाई पक्राउ गरेपछि विरोधमा उत्रिएका तेस्रो लिंगी सम्बद्ध संस्थाहरुले बुटवलको सडक खाना महोत्सवलाई विथोल्ने चेतावनी दिएका छन् ।

प्रहरीले होटल व्यवसायी, स्थानिय टोल विकास समिति, स्थानिय बासीहरुको गुनासो समेत भएपछि तेस्रो लिंगीहरुलाई पक्राउ गरेको बताएपछि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पुस १५ गते देखि गर्न लागेको सडक खाना महोत्सव विथोल्ने चेतावनी दिएका हुन ।

एक्लोलाई शाहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले सार्वजनिक स्थलमा उभिदैमा होटल व्यवसायीहरु तेस्रो लिंगी प्रति खनिनु जायज नभएको भन्दै संघले यस्तै हर्कत देखाए देशभरका तेस्रो लिंगीहरुलाई खाना महोत्सवमा बुटवलमा बोलाएर विथोल्ने बताए ।
‘हाम्रा साथीहरु सडकमा उभिएका हुन ।

उनीहरुको होटल अगाडि उभिएका हैनन् । सार्वजनिक स्थलमा उभिन पनि हामी नपाउनु ?’ उनले प्रश्न गरे । साथै उनले तेस्रो लिंगीहरुलाई होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन ल्याउनुपर्ने बताए ।

‘स्थानिय महिलाहरुले हाम्रा साथीहरुलाई कुटपिट गर्दा प्रहरी रमिते बनेको छ । उल्टै साथीहरु हिरासतमा राखेका छन् । घटना के हो भन्ने बारे होटल व्यवसायी संघका पदाधिकारी संग बुज्दा हामीलाई वेवास्ता गरियो । यदि हाम्रा साथीहरु हिरासतमै रहे भने सडक खाना महोत्सवको स्टेजमा नांगै डान्स हामी पनि गर्न सक्छौ ।’ उनले भने ।

साथै उनले ईलाका प्रहरी कार्यालय बुटवलमा घटना बारे जानकारी लिन खोज्दा आफुहरुलाई वेवास्ता गरेको भन्दै उनले पिडित र पिडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए ।

साथै उनले कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन ईन्कार गरेको बताए । निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बाहाना बनाएको र घटनाक्रम बारे जानाकारी लिन र दिन पुर्ण रुपमा अस्वीरकार गरेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित