तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

बुटवलमा हुन लागेको सडक खाना महोत्सव विथोल्ने तेस्रो लिंगीहरुको उद्घोष

फाईल फोटो


तेस्रो लिंगी प्रक्राउ प्रकरण

बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलालाई पक्राउ गरेपछि विरोधमा उत्रिएका तेस्रो लिंगी सम्बद्ध संस्थाहरुले बुटवलको सडक खाना महोत्सवलाई विथोल्ने चेतावनी दिएका छन् ।

प्रहरीले होटल व्यवसायी, स्थानिय टोल विकास समिति, स्थानिय बासीहरुको गुनासो समेत भएपछि तेस्रो लिंगीहरुलाई पक्राउ गरेको बताएपछि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पुस १५ गते देखि गर्न लागेको सडक खाना महोत्सव विथोल्ने चेतावनी दिएका हुन ।

एक्लोलाई शाहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले सार्वजनिक स्थलमा उभिदैमा होटल व्यवसायीहरु तेस्रो लिंगी प्रति खनिनु जायज नभएको भन्दै संघले यस्तै हर्कत देखाए देशभरका तेस्रो लिंगीहरुलाई खाना महोत्सवमा बुटवलमा बोलाएर विथोल्ने बताए ।
‘हाम्रा साथीहरु सडकमा उभिएका हुन ।

उनीहरुको होटल अगाडि उभिएका हैनन् । सार्वजनिक स्थलमा उभिन पनि हामी नपाउनु ?’ उनले प्रश्न गरे । साथै उनले तेस्रो लिंगीहरुलाई होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन ल्याउनुपर्ने बताए ।

‘स्थानिय महिलाहरुले हाम्रा साथीहरुलाई कुटपिट गर्दा प्रहरी रमिते बनेको छ । उल्टै साथीहरु हिरासतमा राखेका छन् । घटना के हो भन्ने बारे होटल व्यवसायी संघका पदाधिकारी संग बुज्दा हामीलाई वेवास्ता गरियो । यदि हाम्रा साथीहरु हिरासतमै रहे भने सडक खाना महोत्सवको स्टेजमा नांगै डान्स हामी पनि गर्न सक्छौ ।’ उनले भने ।

साथै उनले ईलाका प्रहरी कार्यालय बुटवलमा घटना बारे जानकारी लिन खोज्दा आफुहरुलाई वेवास्ता गरेको भन्दै उनले पिडित र पिडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए ।

साथै उनले कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन ईन्कार गरेको बताए । निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बाहाना बनाएको र घटनाक्रम बारे जानाकारी लिन र दिन पुर्ण रुपमा अस्वीरकार गरेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित