निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

प्रहरीले स्थानिय महिला बाट पिडित तेस्रो लिंगीलाई नै पक्राउ गरेको भन्दै तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा

बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले तेस्रो लिंगीहरुलाई स्थानिय बासिन्दाबाट कुटपिट भएपनि प्रहरीले तेस्रोलिंगीहरुलाई नै पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका हुन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानिय केही महिलाले तेस्रोलिंगी माथी निर्घात कुटपिट हुँदा समेत प्रहरी मुखदर्शक भएर बसेको समेत उनीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै एक्लोलाई शाहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले स्थानियको गुनासाका आधारमा प्रहरीले तेस्रोलिंगीहरुलाई पक्राउ गरेपनि घटनाको यथार्थता बारे आफुहरुको कुरा प्रहरीले नसुनेको उनले बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलमा घटना बारे जानाकारी लिन खोज्दा आफुहरुलाई वेवास्ता गरेको भन्दै उनले पिडित र पिडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए ।
साथै उनले कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन ईन्कार गरेको बताए । निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बाहाना बनाएको र घटनाक्रम बारे जानाकारी लिन र दिन पुर्ण रुपमा अस्वीरकार गरेको उनले बताए ।
प्रहरीले होटल व्यवसायी सहित विभिन्न टोल विकास संस्था, स्थानियको जनगुनासोको आधारमा तेस्रो लिंगीहरुलाई पक्राउ गरेको बताएपनि होटल व्यवसायीहरु समेत यस विषयमा संवादका लागि तयार नभएको न्यौपानेको भनाई छ।
उनले होटल व्यवसायीहरुले यदि कुनै पनि बाहनामा आफ्ना निर्दोष साथीहरु अन्याय परेको अवस्थामा होटल व्यवसायीले गर्ने भनेको सडक खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रो लिंगी बुटवलमा बोलाउने समेत बताईन। पत्रकार सम्मेलनमा अवन्तिका घर्ती, अनु अनमोल लगायतले बोल्दै समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गर्दै आएको बताएका थिए ।
बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आईतबार उनीहरुलाई पक्राउ थियो । पक्राउ पर्नेहरु १८ देखि ५० बर्ष उमेरका छन् ।
पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित