३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

९५ जनालाई उछिन्दै ‘कालिका गायन तारा’को उपाधि विवेकले जिते

बुटबलस्थित कालिका मानवज्ञान माबिद्धारा सञ्चालित ‘कालिका गायन तारा’ दोश्रो संस्करणको उपाधि विवेक पंगेनीले जितेका छन।

गत तिन दिनदेखि सञ्चालित उक्त प्रतियोगिताको आज सम्पन्न फाईनल राउन्डमा पंगेनीले ९५ जना प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि हात पारेका हुन।

पंगेनीलाई मन्दिरा गलामी स्मृति अक्षय कोषका संरक्षक गिरी प्रसाद गलामीकी धर्मपत्नी माया गलामीले पुरस्कार स्वरुप नगद रु १५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै प्रतियोगितामा दोश्रो हुने प्रबृत्ति बस्याललाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियो । तेश्रो हुने पवन अधिकारीलाई नगद रु ५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियोे । उक्त प्रतियोगितामा कालिका मानबज्ञान माध्यमिक बिद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने कुल ९५ जना बिद्यार्थी सहभागी भएको प्रतियोगिताका संयोजक शिक्षक विवेकराज पोखरेलले बताए।

प्रतियोगितामा निर्णायकको भूमिका कलाकार दिपक श्रेष्ठ,बिनोद गुरुङ र किशोर बिकले निर्वाह गर्नु भएको थियो। बिभिन्न राउन्डबाट उपाधि बिजेता छनोट गर्ने काम भएको हो। कालिकामा अध्ययनरत बिद्यार्थीहरुको सांस्कृतिक कला विकास गराउने उद्धेश्यले मन्दिरा गलामी स्मृति अक्षयकोषको स्थापना गराईएको थियो ।कोषमा रु ५लाख नगद जम्मा गरिएको छ।

प्रतियोगीता समापन कार्यक्रमको सभापतित्व बिद्यालयका प्रधानाध्यापक दिनेश थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विवेकराज पोखरेलले गर्नुभएको थियो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले शुभकामना मन्तव्य राखेका थिए ।

बिद्यालयमा ६२आंै वार्षिकोत्सव मनाउने क्रममा यही पुस १ गतेदेखि बिबिध कार्यक्रम सञ्चालन गरिएका छन। ७ गते मूल समारोह आयोजना गरिने छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित