तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

अनुसन्धानका महन्थ जग्गनाथ दासलाई रुपन्देही ल्याईदै

महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको छ । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयका अनुसार रोक्का गरि राखिएको खाता फुकुवा गर्नका लागि किर्ते कागज बनाएको आरोपमा प्रहरीले महन्थलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ परेका महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरि रुपन्देहीस्थित मेगा बैंकबाट ७० लाख ८२ हजार ५१० रुपैयाँ ३५ पैसा निकालिएको उनीमाथि आरोप रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

बैंकबाट निकालिएको सो रकम उनले जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको अनुसन्धानको क्रममा पाइएको छ । उनलाई थप अनुसन्धानको लागि रुपन्देही पठाईएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित