तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तीन महिना भित्र बुटवलमा केवलकार चल्छः चन्द्र ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रा(लि)का अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताएका छन् ।
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनामा भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन । २ महिनामा भौतिक संरचना निर्माण पश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाई रहेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले तिलोत्तममा आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा बोल्दै चन्द्रगीरी हिल्स प्रालिका अध्यक्ष समेत रहेका ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाँप बढ्ने बताएका हुन । उनले बसन्तपुर डाँडामा स्तरियहोटल सहित कामेश्वर महादेव भगवानको मन्दीर समेत निर्माण गरिने बताए ।
अवको १० बर्ष भित्रमा काठमाण्डौको चन्द्रगीरी केवलकार जस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाई रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित