रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

देऊखुरीबाट मुख्यमन्त्री केसीले भने निशान छापबाट अब ‘बुटवल’ हट्यो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर नरहने  घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुने घोषणा गरे ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीमा मन्त्रालय सारेर मुख्यमन्त्री केसीले औपचारिक घोषणा गर्न बुधबार आयोजित सभामा बोल्दै ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरे । ऐतिहासिक परिवर्तनका लागि ठूलो शाहस गर्न आवश्यक रहेको बताउँदै हुने सफलता प्राप्तिका लागि एक समय, एक सेकेण्ड वा एक पलको जितले महत्व राख्ने उल्लेख गरे ।

संरचना नबन्दै अस्थायी राजधानी बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको आलोचना बीच बुधबार तामझामकासाथ  प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ भएको घोषणा गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित