सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

 सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी

बुटवल र पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड दशकौँदेखि यात्रुका लागि एउटा भयौना सपना बनिरह्यो। सुख्खायाम होस् या वर्षात, माथिबाट कतिखेर ढुङ्गा वा पहिरो खस्छ र ज्यान लिन्छ भन्ने त्रासका बीच यात्रा गर्नु यहाँका यात्रुको नियति थियो। तर, रूपन्देही र पाल्पाको सिमानामा पर्ने यो ‘मृत्युमार्ग’को त्रास अब इतिहास बन्ने अन्तिम मोडमा पुगेको छ। तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल (१,१२६ मिटर) भित्रको सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ।

वर्षौँदेखि हजारौँ यात्रुको सातो लिने यो जोखिमपूर्ण भीरलाई छिचोल्दै अब आगामी असोजभित्रै सुरुङभित्र गाडी गुडाउने लक्ष्यका साथ बाँकी पूर्वाधारका कामहरू रातदिन नभनी तीव्र गतिमा अघि बढाइँदै छ।

भौतिक प्रगति उच्च, विद्युतीकरणको अन्तिम तयारी

आयोजना कार्यालयका अनुसार मुख्य सुरुङमार्गको सिभिल वर्क (भौतिक संरचना निर्माण) सम्पन्न भई हाल सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, पंखा र अन्य सुरक्षा उपकरणहरू जडान गर्ने काम भइरहेको छ। असारको अन्तिम सातासम्ममा आयोजनाको समग्र भौतिक प्रगति ६९.२५ प्रतिशत र वित्तीय प्रगति ६३.५५ प्रतिशत पुगिसकेको छ।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार मुख्य सुरुङभित्रको ‘सेकेण्डरी लाइनिङ’ र ‘इन्भर्ट’ को काम सकिएकाले अब मुख्य ध्यान प्रविधि जडान र पहुँच सडक निर्माणमा केन्द्रित छ। उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम पनि सम्पन भइसकेको छ। सुरुङको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहेको छ। सुरुङ मार्ग जोडिने पहुँच सडकमा भने ‘रिजिड पेभमेन्ट’ (कङ्क्रिट सडक) बनाउने स्वीकृति प्राप्त भई सोही अनुसार काम अघि बढाइएको छ।

 नेपालकै पहिलो ‘रकसेड’ प्रविधि र सुरक्षा प्रणाली

सिद्धबाबाको मुख्य चुनौती सुरुङको मुख (पोर्टल) नजिक खस्ने पहिरो पनि हो। यसैलाई ध्यानमा राखेर सुरुङभित्र सवारी साधन चलेपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा नेपालमै पहिलोपटक ‘रकसेड’ (Rock Shed) प्रविधि प्रयोग गरिँदै छ।

के हो ‘रकसेड’ प्रविधि?
यो सवारी साधन र सडकलाई भीरबाट खस्ने पहिरो र ढुङ्गाबाट जोगाउने एक अत्याधुनिक इन्जिनियरिङ संरचना हो। भीरको फेदमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो छाना बनाइन्छ। माथिबाट खस्ने पहिरो वा ढुङ्गा सडकमा नझरी उक्त छाना हुँदै सिधै खोला वा भीरतिर खस्छ। सिद्धबाबा क्षेत्रमा कुल ७८० मिटर लामो रकसेड निर्माण गर्न लागिएको छ। यसमा प्रयोग गरिने बलियो तारजालीले ५ हजार किलोसम्मका ढुङ्गालाई सजिलै रोक्न सक्ने क्षमता राख्छ।

पैदलयात्रीका लागि रकसेडभित्र सुरक्षित पैदल मार्ग र बाहिरी क्षेत्रमा खानेपानीको समेत व्यवस्था गरिने आयोजनाले जनाएको छ।

डीपीआरदेखि निर्माणसम्मको यात्रा

सिद्धबाबाको भौगर्भिक अध्ययन स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (SDC) ले सन् २०७५ मा गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारेको थियो। तत्पश्चात् सडक विभागले २०७८ जेठ ९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। २०७८ फागुनमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भए तापनि जटिल भौगोलिक बनोटका कारण २०७९ को अन्तिमतिर मात्र सुरुङ खन्ने कामले तीव्रता पाएको थियो।

ईपीसी (EPC) मोडलमा आधारित भएकाले यसको डिजाइन, स्वीकृति, निर्माण तथा आगामी १८२५ दिन (५ वर्ष) सम्म सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीकै हुनेछ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित