इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम                
समाचार :

इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन

बुटवल । यूएईमा बसोबास गर्ने इस्माली समुदायलाई एकताबद्ध, संगठित तथा सामाजिक सेवामुखी बनाउने उद्देश्यले स्थापित इस्माली समाज, यूएईको प्रथम अधिवेशन २०२६ जुन २८ तारिखका दिन दुबईस्थित पी एन्ड डी रेस्टुरेन्ट, बरदुबईमा सम्पन्न भएको छ।

अधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा समाजलाई संस्थागत रूपमा सुदृढ बनाउने, सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नवनिर्वाचित कार्यसमिति अन्तर्गत रविन बस्नेत उपाध्यक्ष, राधिका विष्ण महिला उपाध्यक्ष, मनोज ज्ञवाली महासचिव, प्रेम जि.सी सचिव, कमला कुँवर सह सचिव र हरि विष्ट कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै सह कोषाध्यक्षमा दिपक कुँवर र प्रबक्तामा सुनिल थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा शंकर बस्नेत, हिरा बहादुर कुँवर, सुरज खड्का, रञ्जिता कुँवर, माया कुँवर, बावुराम विश्वकर्मा, सिता बस्नेत, ईन्दु विष्ट, माधव खनाल, मिना थापा र चन्द्र बहादुर महत चयन भएको प्रबक्ता सुनिल थापाले जानकारी दिए ।

अधिवेशनले वरिष्ठ व्यक्तित्वहरूको अनुभवलाई संस्थाको मार्गदर्शनका रूपमा उपयोग गर्ने उद्देश्यले सल्लाहकार मण्डल पनि गठन गरेको छ। सल्लाहकार मण्डलमा धन बहादुर जि.सी, विनय खत्री, सञ्चय खड्का, कमलाथापा र प्रकाश खत्री रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) का अध्यक्ष भीम मल्ल ठकुरी रहेका थिए। कार्यक्रममा यूएईस्थित विभिन्न नेपाली सामाजिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा इस्माली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष मानबहादुर कुँवरले समाजलाई सबैको साझा संस्था बनाउँदै सामाजिक एकता, आपसी सद्भाव, सहयोग र सेवामूलक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले यूएईमा रहेका इस्माली समुदायका हरेक सदस्यलाई संस्थासँग जोड्दै समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित