रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
समाचार :

रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकास्तरीय कमिटिहरु गठन गरेकाे छ । शनिबार भएकाे अधिवेशनले रुपन्देहीकाे बुटवल उपमहानगरपालिका, तिलाेत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नयाँ नेतृत्व चयन गरेकाे हाे ।

बुटवल उपमहानगरपालिका सभापतिमा राजन पाण्डेय  निर्वाचित भएका छन् भने तिलोत्तमा नगर सभापतिमा रुस्तम कंडेल र सैनामैना नगर समिति सभापतिमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् ।

कंडेल यस अघि पनि सभापति थिए । सभापति पदमा भएको निर्वाचनमा रुस्तमले २५१ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी कृष्ण बरालले ३८ मत मात्र पाएका थिए ।
यस्तै उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पैनी, सहसचिवमा यमुना खरेल निर्विरोध निर्वाचित भएका छन् ।
नगर समिति सदस्यहरुमा अन्जु थापा जी.सी.,गोपालप्रसाद पाण्डे, राजकुमार थारु,माधव न्यौपाने,प्रतिक पाण्डे, दधिराम भण्डारी,पर्वता पौडेल,गीता देवी न्यौपाने,निशा नेपाली मिझार निर्वाचित भएका छन् ।

यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सञ्जिव भण्डारी र नरेशबहादुर पछाई क्षेत्री, प्रदेश महाधिवेशन प्रतिनिधिमा बालकृष्ण देवकोटा,चन्द्रमणि पाण्डे तथा जिल्ला अधिवेशन प्रतिनिधिमा  मोहन प्रसाद भुसाल,लालमणि सुबेदी,३. गोपाल प्रसाद र शर्मिला आचार्य निर्वाचित भएका छन् ।

 

मायादेवी गाउँपालिका सभापतिमा हरि बहादुर कुँवर र  गैडहवा गाउँपालिका सभापतिमा ओमप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित