तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा, ९९ प्रतिशत विद्युतीकरण

गुल्मी । गुल्मी जिल्लामा हालसम्म ६१ हजार घरधुरीमा विद्युत सेवा विस्तार भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका सबै क्षेत्रमा विद्युत सेवा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इन्जिनियर मनोज अर्यालका अनुसार जिल्लामा केन्द्रीय विद्युतीकरणको काम तीव्र गतिमा अघि बढिरहेको बताए । ग्राहक संख्या बढ्दै जाँदा विभिन्न दुर्गम तथा ग्रामीण बस्तीहरूमा समेत विद्युत सेवा विस्तार गरिएको उनले बताए ।

प्राधिकरणमार्फत ३७ हजार घरधुरीले विद्युत सेवा लिइरहेका छन् भने सामुदायिक विद्युतीकरण कार्यक्रममार्फत २४ हजार घरधुरी लाभान्वित भएका छन् । यससँगै जिल्लामा कुल ९९ प्रतिशत घरमा विद्युत सेवा पुगेको छ ।

विद्युतीकरण विस्तारसँगै स्थानीयस्तरमा आर्थिक तथा सामाजिक गतिविधि समेत बढ्ने अपेक्षा गरिएको छ । बाँकी रहेका क्षेत्रमा पनि छिट्टै सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

जिल्लामा अहिले १३२ केभी को लाइन मार्फत विद्युत सेवा बिस्तार भएको छ । जिल्लाको उनाएचौरमा विद्युत सब-स्टेशननिर्माण गरेर विद्युत वितरण हुदै आएको छ ।

यसअघि जिल्ला बुटवलमा रहेको सव-स्टेशनबाट ३३ केभीए मार्फत विद्युत वितरण हुँदै आएको थियो । अहिले जिल्लामै १३२ केभी प्रसारण लाइनमा जोडिएर उनाएचौर र पौदीअमराईमा विद्युत सब-स्टेशन निर्माण गरेर विद्युत वितरण हुँदा विद्युत सेवा पनि भरपर्दो हुदै आएको छ ।

सले जिल्लामा उनएचौरमा सब-स्टेसन निर्माण भएपछि पाल्पा र अर्घाखाँचीबाट लाइन लिनुपर्ने बाध्यता अत्य छ । पहिलाभन्दा लाइन घेरै सुधार रहेको गुल्मी वितरण केन्द्रका प्रमुख अर्यालले बताए ।

जिल्लामा लाइन उत्पादन गर्ने दुई ओटा हाइट्रोपावर रहेका छन् । रुरु हाइट्रोपावर, रिडी हाइट्रोपावर रहेका छन् ।

जिल्लामा ७ मेगावटको उत्पादन रहेको छ । जिल्लाका लागि चहिनेभन्दा विद्यु्त उत्पादन धेरै रहेको छ । उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

जिल्लामा मुसिकोटर र मालिकामा साना लघु आयोजनाबाट पनि विद्युत उत्पादन हुँदै आएको छ ।

गुल्मीबाट गोकर्ण विष्ट ऊर्जामन्त्री बनेका थिए । जिल्लाको नेतृत्वले मन्त्रालय सम्हालेका कारणले पनि विद्युतीय पूर्वाधार विस्तारमा सहयोग पुगेको हो । पूर्वमन्त्री विष्टले विद्युतीकरणले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने, उद्योग-व्यवसाय विस्तार गर्ने र नागरिकको जीवनस्तर उकास्ने आधार तयार गर्ने दाबी गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित