बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न                
समाचार :

दाङको टरिगाउँ विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए।

“हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ”, उनले भने, “अब नियमित रिफ्युलको कार्य हुनेछ।”

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो। डिपो निर्माण नहुँदा यसअघि काठमाडौंबाट इन्धन बोकेर आउनुपर्थ्यो। सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए।

“यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने हुन्थ्यो”, उनले भने, “अब भने त्यो समस्या हट्नेछ।”

इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ। नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्‍याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए।

इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए। “हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ”, उनले भने, “कहिले नेपाली सेनाको हेलिकप्टर आकस्मिक रूपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं।”

विगत ६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो। आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो।

यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो। यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन। डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो।

भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो। टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे ट्विनेटर जहाज सञ्चालनमा छ।

एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन्। जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन्।

दाङ–काठमाडौं हवाई भाडा न्यूनतम भाडा रु आठ हजार ८१० छ, भने अधिकतम रु १२ हजार ६६५ रहेको छ।

काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ। काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित