रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना                
समाचार :

बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला

बुटवल : सामुदायिक विद्यालयमा अब्बल मानिएको बुटवलको कालिका मानवज्ञान विद्यालयको क्यान्टिनमा फुड कलर प्रयोग हुने गरेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको अनुगमनको क्रममा क्यान्टिनको खानामा फुड कलर प्रयोग गरेको पाइएको हो।

बुटवलको कालिका मानवज्ञानसहित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, लुम्बिनी वाणिज्य क्याम्पसमा पनि अनुगमन गरिएको थियो। खाद्य अनुसन्धान अधिकृत जोत्स्ना शर्मा अधिकारीका अनुसार अनुगमन टोलीले तीन वटै शिक्षण संस्थाको क्यान्टिनमा खानामा फुड कलर प्रयोग गरिएको पाइयो।

ती संस्थालाई सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य सामग्री सुरक्षित तरिकाले प्रयोग गर्न निर्देशन दिइएको उनले जानकारी दिइन। यसैगरी टोलीले लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका क्यान्टिन पनि अनुगमन गरेको थियो।

अस्पताल क्यान्टिनमा सरसफाइ सुधार गर्न निर्देशन दिइनुका साथै आम्दा अस्पतालको क्यान्टिन सानो भएकाले विस्तार गर्न टोलीले सुझाव दिएको छ। अनुगमनमा सहभागी मानव अधिकार तथा उपभोक्ता मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले पकाइसकेपछि मात्र प्रयोग गर्न मिल्ने खाद्य रङ पहिले नै प्रयोग गर्दा क्यान्सरको जोखिम बढ्ने भएकाले त्यस्ता पदार्थ प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको बताए।

टोलीमा माइक्रोबायोलोजिस्ट प्रतिभा सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षक कार्यालय रुपन्देहीका प्रतिनिधि सौगात ज्ञवाली, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमन भैरहवास्थित कार्यालयको नेतृत्वमा गरिएको हो। कार्यालयले आगामी दिनमा पनि रुपन्देही जिल्लाभर नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित