टबजार व्यवसायी संघ, जिल्ला समिति रूपन्देहीले ३१ आंै नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा जस्तै संघले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यसहित रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष बाबुराम पोखरेलले सामाजिक क्षेत्रमा संघले स्थापना कालदेखि योगदान गर्दै अघि बढेको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष अध्यक्ष कृष्णचौहान क्षेत्री हरेक स्वस्थ नागरिकले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नुपर्ने बताए । रगत आवश्यक पर्ने विरामीको लागि बुटवलमा समस्या सृजना हुन आफूहरुले नदिएको बताए । हाटबजार व्यवसायी संघका हुमाराम पोखरेलले खाद्यान्न सहयोगसँगै धेरै सामाजिक काममा संघले साथ दिँदै आएको बताए ।
रक्तदान कार्यक्रम संयोजक बिमल फुल्लेल सो अवसरमा ८५ युनिट संकलन भएको जानकारी दिए । केही दिनअघि सैनामैनामा गरिएको रक्तदानमा ३५ युनिट संकलन उनको भनाइ छ । संघका हुमाराम पोखरेलको अध्यक्षता, उपाध्यक्ष रविलाल पोखरेल उपाध्यक्ष स्वागत तथा सचिव ईश्वरचन्द्र भटराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










