५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
एनबीआईका अध्यक्ष कुवेरमणी जोशीले कसजूलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिनुभएको हो ।

नियुक्तिसंगै कसजूले लुम्बिनी प्रदेशमा एनबीआईका कार्यक्रम तथा अभियान विस्तार, स्थानीय व्यवसायिक संघ–संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय, नीति तथा निर्देशन कार्यान्वयन तथा केन्द्रीय कार्यालयसँग नियमित समन्वय गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ ।

कसजू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुनुका साथै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
उहाँ सिद्धिविनायक फूड इण्डष्ट्रिजका अध्यक्षसमेत रहेनु भएको छ ।

व्यवसायिक क्षेत्रमा लामो अनुभव र संस्थागत नेतृत्वको पृष्ठभूमि रहेर काम गर्नुभएका कसजूले प्राप्त गर्नुभएको भूमिकाले लुम्बिनी प्रदेशमा जिम्मेवार व्यवसायिक अभ्यास, दिगो आर्थिक विकास, संस्थागत सामाजिक उत्तरदायित्व र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने एनबीआईको विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित