तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

बुटवल । तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा वैज्ञानिक, शास्त्रीय र व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीमा तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा यहीँ माघ ३ गते रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा उक्त गोष्ठी आयोजना गरिने भएको हो ।

आयोजकका अनुसार गोष्ठीमा ज्योतिष र तन्त्रको शास्त्रीय आधार, व्यवहारिक प्रयोग र सामाजिक जिम्मेवारीका विषयमा गहन प्रशिक्षण प्रदान गरिनेछ । समाजमा बढ्दो भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण ज्योतिष र तन्त्रप्रति देखिएको नकारात्मक धारणा चिर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रम संयोजक ज्योतिष चुडामणि पाण्डेले ज्योतिष र तन्त्रका विषयमा उठ्ने विभिन्न जिज्ञासाहरूको समाधान गर्ने उद्देश्यसहित पहिलो पटक यस्तो किसिमको प्रशिक्षणात्मक गोष्ठी आयोजना गर्न लागिएको बताए । उनले तन्त्र र ज्योतिषको आवश्यकता, सामाजिक महत्व र दैनिक जीवनमा यसको सही प्रयोगबाट लिन सकिने लाभबारे जानकारी लिन सबैलाई सहभागी हुन आग्रह गरे ।

गोष्ठीमा सहभागिता निःशुल्क रहने व्यवस्था मिलाइएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषसम्बन्धी भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगकै कारण समाजमा नकारात्मक धारणा फैलिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले त्यसलाई हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोष्ठीमा विषयगत विज्ञहरूले विभिन्न महत्वपूर्ण विषयमा प्रशिक्षण दिनेछन् । नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. अर्जुन भट्टराईले प्रेम विवाह र सम्बन्धविच्छेदका विषयमा ज्योतिषीय समाधानबारे प्रशिक्षण दिनेछन् भने प्रा. डा. माधवप्रसाद लामिछानेले नेपाली समाजमा तन्त्रको प्रयोग र यसको उपयोगिताबारे धारणा प्रस्तुत गर्नेछन् । त्यसैगरी प्राध्यापक नारायणप्रसाद भण्डारीले राशीफल लेखनसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

ज्योतिष ज्ञानेन्द्र पन्थीले ज्योतिषसम्बन्धी उठ्ने प्रश्नहरूको निराकरण गर्दै भविष्यवाणीमा एकरूपता ल्याउन यो गोष्ठी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार गोष्ठीमा ५०० भन्दा बढी सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित