तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु

प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ। प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जुलोजि शनिबारदेखि सुरु भएको हो।

सम्मेलन अन्तर्गत शनिबार सोसाइटिको साधारण सभा भएको छ। सोमबार नेश्लन कंग्रेस अफ जोलोजीको मुख्य कार्यक्रम हुने छ। सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै पाण्डेले प्राणीको अध्ययन अनुसन्धान जरुरी रहेको र आगामी वर्ष बुटवलमा सम्मेलन भए सम्पूर्ण खर्च उपमहानगरले व्यहोर्ने बताए । कार्यक्रममा संस्थाका महासचिव डा हरिप्रसाद शर्माले माछा देखि हात्ती सम्मका प्राणीको तथ्याङ्क संकलन गरिरहेको र प्रतिवेदन सरकारलाई बुझाउने बताए ।
प्रदेश अध्यक्ष बाबुराम बन्जाडेले सातै प्रदेशका प्राणी शास्त्रीहरुको जमघट बुटवलमा भएको र दुई दर्जन कार्य पत्र पेश हुने बताए । दुई दिने सम्मेलन पछि बुटवल घोषणा पत्र जारी हुने बन्जाडेले बताए । कार्यक्रमलाई बुटवल उपमहानगरपालिकाले मुख्य सहयोग गरेको बताए । सम्मेलनमा प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गर्नु सम्मेलनको उदेश्य रहेको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए।

सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए। सम्मेलनको दोस्रो दिन नुवाकोटमा सेमिनार हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित