लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा स्टाफनर्सहरूका लागि ३ दिने अभिमुखिकरण सम्पन्न

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्टाफनर्सहरूका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । करार सेवा अन्तरगत अस्पतालको छनोट प्रक्रियामा सफल भई सेवा प्रवेश गर्न लागेका ३० जना स्टाफनर्सहरुलाई नर्सङ विभागले अभिमुखिकरण गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले सेवाग्राहीमा करुणा भाव पैदा हुनेगरी सेवामा समर्पित हुन आग्रह गरे । अस्पतालमा प्रवेश गरिसकेपछि आफ्नो ड्यूटी समयमा व्यक्तिगत वा पारिवारिक कुराहरुलाई भुलेर सेवाग्राहीले सुरक्षित र आत्मियता महुशस गर्नेगरी व्यवहार प्रस्तुत र समर्पित हुन आग्रह गरे । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्स तथा कर्मचारीहरुको आवश्यकता र अधिकारका सवालमा अस्पताल प्रशासन सधै सचेत र गम्भीर रहने बताउँदै उनले सामुहिक भावनाले अघि बढ्न आग्रह गरे । सेवा प्रवेश गरेका स्टाफनर्सहरुलाई शुभकामना व्यक्त गर्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीले गुनासो गर्ने ठाउँ नराख्नेगरी पेसामा प्रतिवद्ध रहन सुझाव दिए ।

अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले पेसागत मर्यादा र जिम्मेवारीमा प्रतिवद्ध भएर काम गर्न सकेमा मात्रै जिवनमा थप सफलता हासिल गर्न सकिने बताइन । अभिमुखिकरणमा सहभागीहरुको तर्फबाट बोल्दै सञ्जु काफ्लेले ३ दिनको कार्यक्रमले पेसामा थप समर्पित र उर्जा पैदा गराएको अनुभव व्यक्त गरिन । आफूले विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव र प्रादेशिक अस्पतालमा सेवा प्रवेश गर्दाको अनुभवमा धेरै कुरा फरक पाएको उल्लेख गर्दै उनले काठमाडौंका उत्कृष्ट स्वास्थ्य संस्थाहरुमा जस्तै यहाँ पनि नौलो र सिर्जनात्मक अभ्यासको अनुभव प्राप्त गर्न सफल भएको उल्लेख गरिन् ।

तीन दिने अभिमुखिकरणमा अस्पतालबाट प्रवाह हुने सेवा तथा सेवाग्राही बीच गर्नु पर्ने समन्वय, प्रशासनिक सुशासन, जीवनको आधारभूत कला लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित