मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलस्थित देवस्थल मन्दिरको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक तथा धार्मिक स्थल देवस्थल मन्दिरको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले धार्मिक स्थलहरुलाई प्रचार गर्न सके पर्यटकहरुलाई आर्कर्षित गर्न सकिने बताए । उनले नेपाल धर्म, संस्कृतिमा अग्रणी रहेको समेत बताए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पा शर्माले मन्दिरको पश्चिम पट्टी बहुउद्देश्यीय भवन निर्माणका लागि पहल गरिने बताईन । उनले मन्दिरलाई थप आर्कषणको केन्द्र बनाउन विज्ञहरुबाट सुझाव संकलन गरी गुरुयोजना बनाउने र यसलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताईन ।

साथै उनले मन्दिर परिसरमा रहेका अधुरा योजनालाई सक्दो छिटो सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाईन । कार्यक्रममा बसन्त राना, शान्ती घिमिरे, सल्लाहकार टुक बहादुर क्षेत्री, भरत पाठक, अशोक गुरुङ, ज्योति अर्याल, नहकुल शाही ठकुरी लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा जंग बहादुर शाह, टेकनारायण अधिकारी, रामचन्द्र ज्ञवाली, डिल्ली नारायण पाण्डे, पिताम्बर न्यौपाने, गुणाधिनी अर्याल, उषादेवि भट्राई, पुरुषोत्तम गौतम, रघुनाथ पौडेल, लालमणी न्यौपाने लाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो ।

त्यस्तै भिमकला न्यौपाने, देवीलाल पौडेल, खगेन्द्रनाथ भट्राई, क्रृषिराम पाण्डे, लोककुमारी पाण्डे, धन प्रसाद पाण्डे, झनकुमारी पाण्डे र खड्ग प्रसाद अधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा लेखा संयोजक विश्वबन्धु न्यौपाने र कोषाध्यक्ष बद्री प्रसाद लम्सालले प्रतिबेदन प्रस्तुत गरेका थिए । मन्दिर व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रनमाया चापागाईले गरेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित