तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती

बुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती एवं श्री स्वास्थानी ब्रत कथा प्रारम्भ भएको छ ।

धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा पुष शुक्ल पूर्णिमाको अवसरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित महाआरती गरिएको हो ।
यसैबीच मन्दिरमा आजकै दिनदेखि सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत सुरु भएको छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुने गर्दछ ।

हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

महाआरती एवं स्वस्थानी प्रारम्भमा बुटवल, तिलोत्तमा, शुद्धोधन, सैनामैना, देवदह, भैरहवा लगाएतका स्थानबाट भक्तजनको उपस्थिती रहेको थियो ।

तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा सदस्य मित्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न महाआरतीमा सयौ भक्तजनहरुको उपस्थिती रहेको थियो ।

देवस्थल मन्दिरमा प्रत्येक महिनाको पूर्णिमामा महाआरती हुँदै आएको छ । देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित