दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

खेल संस्कृतिको विकास गर्न लुम्बिनी महोत्सवमा कुस्ती र ब्याडमिन्टन

भैरहवा ।

नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने उद्देश्यले कुस्ती र ब्याडमिन्टन प्रयोगिता आयोजना गरेको जनाएको छ ।

ब्याडमिन्टन नेपालका हरेकजसो ठाउँमा लोकप्रिय मानिन्छ । यस्तै, कुस्ती तराईका जिल्लाका बढी मात्रामा लोप्रिय छ । ‘कुस्ती र ब्याडमिन्टनले महोत्सवलाई अझ रोचक बनाउने छ’, संघका सदस्य एवं खेलकुद कार्यक्रम संयोजक हरिबहादुर थापाले भने, ‘हाम्रो उद्देश्य अब खेलकुदलाई पनि आर्थिक समृद्धिसँग जोड्नुपर्छ, खेल प्रबद्र्धन भए यसले बजारलाई चलायमान बनाउन पनि सहयोग गर्छ भन्ने हो ।’

महोत्सव स्थलमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता यही मंसिर २६ देखि २८ गतेसम्म तीन दिन हुने छ । यस्तै, जिल्लास्तरी खुल्ला ब्याडमिन्टन प्रतियोगिता मंसिर २९ र पुस १ गते गरी दुई दिन हुने छ । कुस्ती अन्तर्राष्ट्रियस्तरको हुनेछ । कुस्तीमा नेपालीसँगै भारतीय चर्चित र ख्याती प्राप्त पहलवानहरुले प्रतिस्पर्धा गर्नेछन् । ‘कुस्ती सधैंजसो स्थानीयस्तरमा आयोजना हुँदै आएको छ तर यसपटक हामीले अन्तर्राष्ट्रियस्तरको आयोजना गरेका छौं’, थापाले भने, ‘यसले धेरै दर्शकलाई आकर्षित त गर्ने नै छ, यसप्रति युवाहरुको लगाब बढाउन भूमिका खेल्ने छ ।’

थापाले तराईमा कुस्ती सबैभन्दा लोकप्रिय खेल भएको जनाए । ‘कतिपय अवस्थामा युवहरुले यस खेलप्रति चाहना हुँदा पनि प्रतिस्पर्धा गर्न पाउनुभएको छैन, महोत्सवस्थलमा हामीले त्यो अवसर प्रदान गरेका छौं, त्यसैले धेरैभन्दा धेरै युवाहरुलाई कुस्तीमा सहभागी भई प्रतिस्पर्धा गर्न मैले आग्रह गर्दछु’, उनले भने । खेलप्रति युवाहरु आकर्षित भए यसले कुलतलगायत अन्य अबाञ्छनीय गतिविधिबाट टाढा राख्न मद्दत पुग्ने जनाए । ‘यतिमात्रै होइन् यसले संस्कृति र प्राचीन खेलको संरक्षण पनि गर्ने हाम्रो विश्वास छ’, थापाले भने ।

केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको ब्याडमिन्टन खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । पहिला ब्याडमिन्टन खेल कर्मचारी मिलन केन्द्रमा मात्र सीमित थियो, खेलका लागि कोर्टहरु पनि जहाँतही बनाइँदैनथ्यो । अहिले युवादेखि पाकापुस्तासम्मको रोजाइमा छ । कोर्टहरु पनि धेरै बनेका छन् । ‘ब्याडमिन्टनको महत्व हामीले अझै बढाउन चाहन्छौं, यसैले पनि मेलास्थलमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेका छौं’, थापाले भने । सुरुमा भैरहवा र बुटवलमा मात्रै ब्याडमिन्टनका लागि कभर्डहलहरु थिए । अहिले जिल्लाका तिलोत्तमा, सैनामैना, देवदहलगायतका ठाउँमा पनि कभर्डहल बनेका छन् । रुपन्देहीमा मात्रै ११ वटा कभर्डहल बनिसकेका छन् । यसबाहेक सरकारी कार्यालयहरुमा पनि दर्जनौं कोर्ट छन् । मुलुकका सबैजसो ठाउँमा ब्याडमिन्टन खेल खेलिन्छ ।

मेला मूल आयोजक समिति उपसंयोजक एवं संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कुस्ती खेलमा प्रथम हुनेलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई ११ हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । यस्तै, जिल्लास्तरीय ब्याडमिन्टन खेलमा प्रथम हुनेलाई १५ हजार, द्वितियलाई १० हजार र तृतियलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । दुबै खेलका विजेतालाई नगदसहित ट्रफी र मेडल पनि प्रदान गरिने उनले जनाए । ‘महोत्सवले उद्योग, ब्यापार, कृषि, पर्यटनसँगै खेलकुदको विकासमा पनि महत्वपूर्ण योगदान दिनेछ’, श्रेष्ठले भने ।

खेलकुदले मानिसलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ राख्नुका साथै यसको संरक्षण र प्रवद्र्धन पनि गर्छ । ‘खेलाडीलाई फाइदा गर्छ नै यसले राष्ट्रलाई चिनाउनसमेत मद्दत पुग्छ’, महोत्सव प्रचारप्रसार समिति संयोजक एवं संघका सदस्य कृष्णप्रसाद घिमिरेले भने, ‘यसैले विशेष महत्व दिएर हामीले कुस्ती र ब्याडमिन्टन प्रतियोगिता राखेका छौं, आउने दिनमा हुने अन्य महोत्सवमा अरु खेलकुदहरुलाई पनि समेटेर लैजाने छौं ।’ पुस ४ गतेसम्म संचालन हुने महोत्सवमा अधिक भन्दा अधिक दर्शक भित्र्याउन प्रचारप्रसारलाई तिव्र पारिएको घिमिरेले बताए । खेलकुदमा सहभागी हुन पनि ठाउँ–ठाउँमा पुगेर खेलाडीहरुलाई निमन्त्रणा गरिएको उनले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित