विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस दाङ २ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार बुटवल सडक खाना महोत्सव समापन                
समाचार :

रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण

बुटवल । रोटरी क्लव अफ सेन्ट्रल बुटवलले मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण गरेको छ । मृगौला तथा मुटु पिडित सरोकार समाज नेपालको कार्यालयमा क्लवले ३५ जनालाई व्लाङकेट वितरण गरेको हो ।

समाजका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता तथा क्लवका अध्यक्ष पूर्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै क्लवका अध्यक्ष पूर्ण ज्ञवालीले समाजिक उत्तरदायित्व अनुसार मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण गरेको बताए । क्लवले शिक्षा, स्वास्थ्य, सरसफाई जस्ता सामाजिक कार्य गर्दै आएको बताउंदै स्वास्थ्य कार्यक्रम अन्तर्गत मृगौला तथा मुटु पिडितलाई व्लाङकेट वितरण गरिएको बताए ।

समाजका अध्यक्ष माधव प्रसाद श्रेष्ठले क्लवको सहयोग प्रति धन्यवाद ज्ञापन गरे । साथै उनले मृगौला डाइलासिस गरिरहेका विरामीहरुको उपचार सेवा वापत सरकारले मुटु अस्पताललाई भुक्तानी नदिएकाले सेवा रोक्ने खवर सुन्दा धेरै विरामीहरु संसकित भएको बताए।

उनले मृगौला डाइलासिस अस्पताल रोके धेरै विरामीहरु अप्ठयारोमा पर्ने बताउंदै अस्पतालको रकम भुक्तानी छिटो गर्न सरकारलाई माग समेत गरे । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष होमराज बस्याल, पेसिडेन्ट बावुराम बोहोरा, कोषाध्यक्ष डोलराज भण्डारी, सह सचिव युवराज आचार्य, समाजका संस्थापक अध्यक्ष रमेश केसी लगाएतले बोलेका थिए ।

कार्यक्रम समाजका सचिव गोकुल ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित