तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल सडक खाना महोत्सव समापन

बुटवल ।
अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव २ करोडको कारोबार गरि समापन भएको छ । बुटवल उमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ३ दिने सडक महोत्सव विहिबार विधिवत सम्पन्न भएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले कालिकापथलाई रात्रीकालिन बजारको रुपमा विकास गर्न जरुरी रहेको कुरा पुष्टि भएको बताईन। पर्यटन कै अब आर्थिक समृध्दिको पाटो भएको भन्दै उनले पर्यटकिय स्थलको विकास र प्रचारप्रसारमा स्थानिय सरकार सहकार्य गर्न तयार रहेको बताईन ।

कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्न यस्ता महोत्सव सफल हुने भन्दै कार्यक्रमलाई निरन्तरता दिने बताए । पर्यटन गन्तव्यको बजारीकरणमा यस्ता मेलामहोत्सव प्रभावकारी हुने गरि सरकारबाट योजनाहरु बनाउन समेत सुझाव दिए ।

महोत्सवमा राखिएका स्टलहरुमध्ये साजसज्जा, संस्कृति पहिचानका खानाका परिकारका हिसाबबाट उचडिहवा स्वालम्बन महिला समुह प्रथम, समयवजि भ्वय बुटवल वडा नं. ३ दोस्रो तथा अर्घाखार्ची क्याटरिङ एण्ड पार्टी प्यालेस तेस्रो भएको संघका प्रमुख सल्लाहकार तथा अनुगमन समितिका संयोजक माधव प्रसाद नेपालले घोषणा गरे । यसैगरि न्यू स्वाद गोलपार्क, मगरी खाजाघर र सैनामैना थारु परिकार सान्त्वना एवं सामाजिक उत्तरदायित्वमा उत्कृष्ट योगदानको सम्मानबाट पहिलो पाईला नेपाल र मारवाडी महिला मंच बुटवललाई सम्मानित गरिएको संघका निवर्तमान अध्यक्ष भण्डारीले बताए ।

तीन दिनसम्म चलेको महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु झुमेको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए । महोत्सवमा प्रकाश सपुत, पुष्कल शर्मा, शान्तिरानी परियार, खुमन अधिकारी, शिलु भट्टराई, नारायण विपी परियार, अनु राना लगायत राष्ट्रिय र स्थानिय गायक तथा विष्णुजी पाण्डे माईलाबा, पुर्खेबा, उज्जवल गिरीसहितका हास्यकलाकारहरुको प्रस्तुतीहरु रहेको संघका महासचिव केशवराज कंडेलले बताए । ढाई लाख दर्शक तथा ढाई करोड रुपैया बराबरको कारोबार भएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित