बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम

माथागढी गाउँपालिका–१ चिदीपानीस्थित जाउपोखरा आधारभूत विद्यालयमा पौष ४ गते शुक्रबार तेस्रो खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमन सिंह सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माथागढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, सहायक प्रधानाध्यापक अनुप शर्मा, जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासे, आदर्श आधारभूत विद्यालयका शिक्षक सुबास न्यौपाने लगायत विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

विद्यालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने, सांस्कृतिक विविधताको संरक्षण गर्ने तथा स्थानीय परिकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको जनाएको छ। महोत्सवमा सम्पूर्ण विद्यार्थी, शिक्षक–स्टाफ तथा स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै सामाजिक सीप, नेतृत्व क्षमता र स्थानीय संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासेका अनुसार महोत्सवमा विद्यार्थीहरूले घरमै तयार गरेका परम्परागत परिकारदेखि आधुनिक फुड–स्टलसम्मका विविध सामग्री प्रस्तुत गरेका थिए। विद्यालय र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमलाई आगामी वर्ष अझै मौलिक, सिर्जनात्मक र प्रभावकारी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

महोत्सव अवधिभर विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न स्थानीय परिकार, आकर्षक सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक स्टल तथा स्थानीय पहिचान झल्काउने सामग्रीहरूको प्रदर्शनी गरिएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी शिक्षक डेमबहादुर गाहाले कुशलतापूर्वक निर्वाह गरेका थिए ।

कार्यक्रममा सयौँको संख्यामा अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहँदा सम्पूर्ण वातावरण उल्लासमय र सांस्कृतिक रंगले भरिएको देखिन्थ्यो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित