रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम

माथागढी गाउँपालिका–१ चिदीपानीस्थित जाउपोखरा आधारभूत विद्यालयमा पौष ४ गते शुक्रबार तेस्रो खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमन सिंह सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माथागढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, सहायक प्रधानाध्यापक अनुप शर्मा, जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासे, आदर्श आधारभूत विद्यालयका शिक्षक सुबास न्यौपाने लगायत विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

विद्यालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने, सांस्कृतिक विविधताको संरक्षण गर्ने तथा स्थानीय परिकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको जनाएको छ। महोत्सवमा सम्पूर्ण विद्यार्थी, शिक्षक–स्टाफ तथा स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै सामाजिक सीप, नेतृत्व क्षमता र स्थानीय संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासेका अनुसार महोत्सवमा विद्यार्थीहरूले घरमै तयार गरेका परम्परागत परिकारदेखि आधुनिक फुड–स्टलसम्मका विविध सामग्री प्रस्तुत गरेका थिए। विद्यालय र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमलाई आगामी वर्ष अझै मौलिक, सिर्जनात्मक र प्रभावकारी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

महोत्सव अवधिभर विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न स्थानीय परिकार, आकर्षक सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक स्टल तथा स्थानीय पहिचान झल्काउने सामग्रीहरूको प्रदर्शनी गरिएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी शिक्षक डेमबहादुर गाहाले कुशलतापूर्वक निर्वाह गरेका थिए ।

कार्यक्रममा सयौँको संख्यामा अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहँदा सम्पूर्ण वातावरण उल्लासमय र सांस्कृतिक रंगले भरिएको देखिन्थ्यो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित