कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता                
समाचार :

रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा यही मंसिर २४ गतेदेखि शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव बारे जानकारी गराउन सोमबार आयोजित पत्रकमर सम्मेलनमा बोल्दै संघका अध्यक्ष लालमणी श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, पशुपालन, तरकारी, खाद्यान्य, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार सम्भावना सहित सार्वजनिक प्रर्दशनी महोत्सवमा गरिने बताए । त्यस्तै उनले महोत्सवले व्यापारिक अवसरको विस्तार, स्थानीय व्यापारी, सहकारी, उद्यमी तथा उद्योगीहरुलाई एक अर्कासँग जोड्दै व्यवसायिक सम्भावनाको सृजना गर्ने बताए ।
महोत्सवमा शुद्धोधनका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुको प्रचार प्रसार गरिने संघका महासचिव विष्णु पंगेनीले बताए । संघका उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सवको माध्यमबाट स्थानीय वस्तुको प्रचारका साथै छपियाको माछालाई अझ बढी प्रवर्द्धन गर्न सकिने गरी आफूहरु लागि परेको बताए । ३ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अपेक्षा संघको रहेको छ । पौष ६ गतेसम्म सञ्चालन गरिने महोत्सवमा १२० बढी स्टल सहभागी हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित