लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक

जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल बिहीबार लञ्च गरेको हो । दुवै बाइकको नेपाल अटो टे«ेड युनियनका अध्यक्ष कृष्ण घिमिरे र युनियनका सचिव महेश श्रेष्ठ सार्वजनिक गरे ।

सो अवसरमा बोल्दै घिमिरेले दुवै मोटरसाइकलले शक्ती शैली र सुविधामा नयाँ स्तर ल्याउने बताए ।

बालाजी अटोमोबाइल बुटवलका म्यानेजिङ डाइरेक्टर विशाल जैसवालले बाइकमा १५९.७ सिसी एफ आई इन्जिन, एरोडाइनामिक, र आक्रामक युरोपेली डिजाइन, आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी, रेस टुयुन सस्पेन्सन एबिएस डिजिटल कन्सोल, राइड मोडस रहेको बताए ।

अटोमोबाइलका सेल्स रिजनल अफिसर नवीन शाहीले टिभिएस राइडर आइजीओ नयाँ पुस्ताका राइडरहरुलाई लक्षित गर्दै ल्याइएको राइडर स्टाइल, परफमेन्स दुवै चाहनेका लागि आदर्श विकल्प रहेको बताए ।

१२४ सिसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट, एलइडी हेडलाइट, आधुनिक टयांक, डिजाइन र पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स राइड मोडस र कनेक्टिभिटी फिचर, दैनिक यात्रा स्टाइल र रोमाञ्च खोज्ने युवहरुको लागि उत्तम छनौट रहेको शाहीले बताए ।

दुवै मोडलले टिभिएस ब्राण्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुद बनाउने विश्वास जैसवालले लिए । मोटरसाइलको मूल्य ३ लाख ९ हजार ९०० र ३ लाख ४७ हजार ९९ रुपैयाँ रहेको छ । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित