बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै                
समाचार :

न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ ।

प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै केन्द्रमा एकै समय सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यस वर्ष १४१ विद्यालयले सहभागिता जनाएका छन् । विद्यार्थीको बौद्धिक क्षमता विकास र विद्यालयहरूबीच आपसी सम्बन्ध मजबूत बनाउने उद्देश्यले विद्यालयले २०५० सालदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रम बुटवलस्थित न्यू होराइजन मा.वि.मा सम्पन्न भयो । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियो । उद्घाटन गर्दै प्रमुख अतिथि बञ्जाडेले यस्ता प्रतियोगिताले विद्यार्थीको मुलभुत क्षमता र प्रतिस्पर्धात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले आगामी शिक्षण-सिकाइ प्रविधिमैत्री बन्नुपर्ने र शिक्षकहरूले एआई तथा च्याटजिपिटीजस्ता प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने हुनुपर्ने आवश्यकता औंल्याए ।

विद्यालयका प्राचार्य उपाध्यायले पाठ्यक्रमीय ज्ञानसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीन विकासमा विद्यालय प्रतिबद्ध रहेको बताए । विद्यालय अध्यक्ष ज्ञानेन्द्र कसजुले शैक्षिक गुणस्तरमा निरन्तरता दिँदै २०४६ सालदेखि न्यू होराइजनले उत्कृष्ट पहिचान बनाउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा हिसान रुपन्देहीका उपाध्यक्ष मधुप्रकाश ज्ञवाली, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कार्यक्रमका मूल संयोजक मनोज सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शुक्रबार भएको हिट राउन्डबाट प्रत्येक केन्द्रबाट ६-६ विद्यालय, गरी १८ टोली सेमिफाइनलमा पुगेका छन् । तीनवटै केन्द्रका प्रथम र द्वितीय-जम्मा ६ टोलीबीच मंसिर १३ गते शनिबार न्यू होराइजन मा.वि. देवीनगरमा फाइनल प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

फाइनल प्रतियोगितामा प्रथम हुने टोलीले ४०,००० रुपैयाँ, दोस्रोले २५,000 रुपैयाँ, र तेस्रोले २०,000 रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्षको संस्करणमा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुलसीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मा.वि. तानसेन तृतीय भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित