मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।

मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उनले भने, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’ ओपीडी सेवा तर्फ वार्षिक करिब ४ लाख जनताले सेवा लिने यस अस्पतालमा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशहरुबाट समेत गरी ३० लाख जनसङ्ख्या यसको सेवाक्षेत्रभित्र रहेका छन् ।

अस्पतालमा यही कार्तिक १७ गतेदेखि मेशिन जडानको काम सुरु भएको हो । आगामी मंसिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तिब्रताकासाथ काम भैरहेको निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इन्जिनीयर राजु चौधरीले जानकारी दिए । ‘यही कार्तिक १० गते मेशिन झारिए पनि चाइनाबाट प्राविधिक टोली आउन ढिका गरेका कारण एकसातापछि जडानको काम सुरु गरेका छौं ।’–चौधरीले भने, ‘अहिले चाइनाका दुई जना प्राविधिक टोलीको निगकारीनामा जडानको काम धमाधम भैरहेको छ ।’ हालसम्म आरएफ क्याविनेटतर्फ करिब ८० प्रतिशत तथा टेक्निकल रुममा पनि सोही अनुपातका काम सम्पन्न भएको इन्जिनीयर चौधरीले बताए । यसैगरी अब्जरभेसन रुम (कन्सल रुम)को काम पनि अघि बढेको उनले जानकारी दिए । मेशिन जडानका लागि प्राविधिकहरु दैनिक १२ घण्टा खटिने गरेको इन्जिनीयर चौधरीले बताए ।

लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा थप उपकरणहरु जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल बिकास समितिले पहल गर्दै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताए । सेवाग्राहीको बढ्दो चाँप र जनअपेक्षालाई पूरा गर्नका लागि सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिने उनले बताए ।

सेवालाई विशिष्टिकृत गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पतालले उपकरणहरु थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड दिएको छ । अस्पतालमा एमआरआई मेशिन जडानसँगै नयाँ सिटीस्क्यान मेशिन गरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको मेसु ढकालले जानकारी दिएका छन् । हाल अस्पतालमा रहेको मेशिन पुरानो र बारम्बार विग्रिने समस्या भएकाले संघीय सकारको आर्थिक लगानीमा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाउन लागिएको उनले बताए ।
अस्पतालमा हाल रहेको ७ वर्ष पुरानो १६ स्लाइसको मेशिनको ठाउँमा १२८ स्लाइसको कार्डियाक्ससिटी जडान गर्न लागिएको उनले जानकारु दिए । यो मेशिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने अपेक्षा व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित