कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

विस्तारको क्रममा रहेको बुटवल-नारायणगढको दाउन्ने खण्ड अबको दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

केही दिन अघिको पानीले दाउन्ने क्षेत्रमा हिलोले गाडी चिप्लिएर यातायात आवागमनमा कठिनाइ भएपछि ​सडक विभागले अत्यन्त जरुरी सूचना गर्दै आगामी २ महिना सडक एकतर्फी सञ्चालन हुने जानकारी दिएको हो ।​

‘…आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको छ । तसर्थ, उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (अर्थात् २०८२ पुष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

सडकको विकल्पमा बुटवल स्याङजा, पोखरा, काठमाडौं, त्यस्तैगरी बुटवल पाल्पा हुँदै कालीगण्डकी करिरोडबाट नारायणगढ र दुई र चारपाङ्ग्रे साना गाडी दुम्कीबास, ज्यामिरेडाडा, डमार हुँदै भुताहा प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

null

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित