निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु

बुटवल । रुपन्देहीको बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ । एक महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षका सतिशकुमार क्षेत्रीको रहस्यमय मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–९ स्थित होटलमा शनिबार दिउँसो एक जोडी दुई बच्चासहित बसेका थिए । प्रहरीका अनुसार क्षेत्रीले होटलको दोस्रो र तेस्रो तलामा दुई वटा कोठा बुकिङ गरेका थिए । क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटल पुगेकी महिलाले जानकारी गराएकी थिइन् । उनलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ ।

बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए । ‘दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ति पुरुष होटलमा बसेको खुलेको छ,’ उनले भने, ‘बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न सकेको छैन ।’ माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरूको तल्लो तलाको कोठामा बसेको खुलेको छ । *

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर हुन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले घटनाबारे जानकारी पाएपछि आफू होटलमा पुगेको भए पनि मृत्युको कारण नखुलेको बताए ।

* समाचारमा रहेका केहि बुँदा हटाईएको छ ।

मेचीकाली न्यूज बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित