मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित

तिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयांग सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यमा निर्वाचित गरेको हो ।

सन् २०२५ देखि २०२७ सम्मका लागि एसिया प्रशान्त सहर र स्थानीय सरकारको संस्थाको काउन्सिल सदस्यका रूपमा निर्वाचित भएको हो ।

दक्षिण र दक्षिण पश्चिम एसिया प्रशान्त क्षेत्रका सदस्यहरूले तिलोत्तमा नगरपालिकाको क्षमतालाई विश्वास गरी काउन्सिल सदस्यका रूपमा निर्वाचित गरेका हुन् ।

नगर प्रमुख रामकृष्ण खाँणले यो सदस्यताले नगरपालिकाको अनुभव, विशेषज्ञता र दृष्टिकोण एसिया प्रशान्त क्षेत्रका सहर र स्थानीय सरकारको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित