लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण

पाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको छ ।

दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको केमिकल राखेका कारण तीन दिन अघि रातै बगेको भिडियो भाइरल भएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जनाए ।

‘यो तीन दिन अघिको भिडियो हो, मुहानतिरै कसैले केमिकल राखेका कारण यस्तो भएको देखियो, मैले जिल्ला प्रशासन, खानेपानी सबैलाई खबर गरेको छु’ उनले भने ।

तिनाउ सामुुदायिक बन समन्वय समिति अध्यक्ष दलबहादुर गुरूङले यो केही दिनअघिको भिडियो भएको जनाए ।

यस्तो मिसावटले जलचरहरुलाई क्षति पुग्ने,बुटवलमा यही नदीको पानी पिउँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने र सिंचाईमा प्रयोग गर्दा उत्पादकत्व क्षमता ह्रास भएर जाने उनले बताए । जो कोहीले गरेको भएपनि यस्तो गलत कार्य गर्नु बाञ्छनिय नरहेको उनको तर्क छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित