तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भाइटीका लगाउँदा लगाउँदै बेहोस भएका राजमो रुपन्देही अध्यक्ष केसीको निधन

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग भाइटीका लगाएपछि बेहोस भएका ५० वर्षीय केसीको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

भाइटीका लगाए लगत्तै दाजुभाइ दिदीबहिनीबीच नाचगान भइरहेका बेला केसी अचानक बेहोस भएको र तत्कालै उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका बुटवल अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति राजमोको मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अर्घाखाँचीमा जन्मिएका केसी पछिल्ला २५ वर्षदेखि बुटवल उपमहानगरपालिका–१९, नहरपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। केसीका श्रीमती र तीन छोरा छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित