दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भाइटीका लगाउँदा लगाउँदै बेहोस भएका राजमो रुपन्देही अध्यक्ष केसीको निधन

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग भाइटीका लगाएपछि बेहोस भएका ५० वर्षीय केसीको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

भाइटीका लगाए लगत्तै दाजुभाइ दिदीबहिनीबीच नाचगान भइरहेका बेला केसी अचानक बेहोस भएको र तत्कालै उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका बुटवल अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति राजमोको मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अर्घाखाँचीमा जन्मिएका केसी पछिल्ला २५ वर्षदेखि बुटवल उपमहानगरपालिका–१९, नहरपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। केसीका श्रीमती र तीन छोरा छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित