दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवल–गोरुसिङ्गे सडक निर्माणमा भौतिक प्रगति जम्मा १५ प्रतिशत

गत वर्ष माघ १० गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको छ । वित्तीय प्रगति १२ जम्मा प्रतिशत भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्म ६९ किलोमिटर सडकमध्ये पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा काम चलिरहेको छ । सरकारले चन्द्रौटासम्मको बाँकी १९ किलोमिटर सडक विस्तारको प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ ।

अहिले निर्माणको ठेक्का लागेको ५० किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ– बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्मको २५ किलोमिटर ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड ६ दशकपछि विस्तार गर्न लागिएको हो । यसका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का लिएका छन् ।

१३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा काम पूरा गर्नेगरी गत असार १३ गते ठेक्का लगाइएको थियो । ठेक्का लागेको मितिले ३ वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित