लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर उल्लासपूर्वक मनाइँदै छ।

यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा र निष्ठाका साथ पञ्चरंगी वा सप्तरङ्गी टीका लगाइदिन्छन्। बदला स्वरूप दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका र दक्षिणा दिएर सम्मान र माया प्रकट गर्छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालका अनुसार दिनभर टीका लगाउन बाधा नभए पनि राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने चलन रहँदै आएको छ।

यस वर्ष तिथि वृद्धि भएकाले तिहार पाँच होइन, छैटौँ दिनमा भाइटीका परेको समितिले जनाएको छ।

भाइटीकाको दिशा र धार्मिक अर्थ

भाइटीकाको दिनलाई ‘यम द्वितीया’ पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने दिदीबहिनी पूर्व फर्कने र टीका लगाइने दाजुभाइ पश्चिम फर्कने परम्परा छ। यसरी फर्किँदा तुला राशिमा रहेका चन्द्रमा सम्मुख पर्ने हुँदा शुभ फल प्राप्त हुने शास्त्रीय मान्यता छ।

भाइटीका सुरु गर्नुअघि लक्ष्मी पूजाका दिन स्थापन गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति र नवग्रहको आराधना गरिन्छ। त्यसपछि दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाई मखमली, सयपत्री वा गोदावरीको माला लगाइदिन्छन्।

पञ्चरंगी टीकाको शास्त्रीय मान्यता

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार भाइटीकाको टीका सप्तरङ्गी होइन, पञ्चरङ्गी हुनुपर्छ। उनका अनुसार टीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङ्गको प्रयोग गर्नुपर्छ, जुन पाँच तत्त्व र पञ्च देवताको प्रतीक हो।

टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी दिएर स्नेह प्रकट गर्छन्। दाजुभाइहरूले पनि गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक उपहार दिई आशीर्वाद ग्रहण गर्छन्।

यसरी भाइटीका मायामिलन, आशिष र पारिवारिक बन्धन बलियो बनाउने पर्वका रूपमा मनाइन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित