लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बुटवल पव्लिक स्कुलमा तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

रुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पव्लिक स्कुलले नेपालीहरुको दोस्रो महानपर्व तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाली चाडपर्वहरुको संरक्षण, प्रबद्र्धन एवं विद्यार्थीहरुलाई यसको महत्वबारे जानाकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।

बुटवल पव्लिक स्कुलका संस्थापक अध्यक्ष हेमलाल शर्माको अध्यक्षता एवं मैथली समाज रुपन्देहीका अध्यक्ष उदयकुमार सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमाबोल्दै प्रमुख अतिथि मैथली समाज रुपन्देहीका अध्यक्ष उदयकुमार सिंहले मौलिक परम्पराका बारेमा विद्यार्थीहरुलाई सुसुचित गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हाम्रो संस्कृति र परम्परा बारे जानाकारी दिन मद्दत मिल्ने बताए । पछिल्लो समय हाम्रो संस्कृतिमा भित्रिएका विकृतीलाई अन्त्य गर्न पनि मौलिक चाडपर्व सम्बन्धी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले तिहार एवं छर्ठ पर्वको सुरुवात एवं यसको महत्वका बारेमा जानाकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

त्यस्तै स्कुलकी निर्देशक मिरा शर्माले तिहार, नेपाली समाजमा एउटा विशेष चाड रहेको र यसले मात्रितामा सुख, शान्ति, र उज्यालो भित्राउने बताइन। तिहारका पांच दिनले मात्रै हाम्रो संस्कृति र परम्परालाई बलियो बनाउंदै मानसिक स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव दिने बताइन ।

कार्यक्रममा कक्षा ५ का विद्यार्थीहरुले छर्ठ पर्व सम्बन्धी नृत्य तथा अभियान गरेका थिए ।

यसैगरी कार्यक्रममा मारुनी नृत्य, समा चखेवा नृत्यु लगाएतका नृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयकी नेपाली शिक्षक जयन्ती पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित