युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

भैरहवाबाट थाइल्याण्ड उडानको न्युनतम भाडादर १३ हजार ३६

थाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ । आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो ।

थाइल्याण्डको बैंककबाट भैरहवा उडान गर्नको लागि उडान गर्नको लागि एयर एशियाले गत असारमै अनुमती लिएर टिकट खुल्ला गरेको थियो । भैरहवाबाट थाइल्याण्ड उडानको लागि न्युनतम १३ हजार ३६ रुपैया भाडादर तोकिएको छ ।

कात्तिक ९ गते पहिलो दिनको टिकट दर १७ हजार ८५५ रुपैया रहेको छ । त्यसपछि कात्तिक १२, १६ र १९ गतेका उडानको लागि १३ हजार ३६ रुपैया निर्धारण गरिएको छ । यो एयर एशियाको वेवसाइटमा देखिएको भाडादर हो ।

जहाजको भाडादर परिवर्तन भइरहन्छ । कात्तिक २३ गते १५ हजार ३५ रुपैया देखिएको छ। त्यसपछिका उडानमा १३ हजार ३६ रुपैया नै रहेको छ । तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ ।

सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ । थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर चैत्रबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडान, यात्रुहरुको सहजता र सुरक्षाको लागि विमानस्थल प्रशासन तयार रहेको बताए । फेरि हुन लागेको भैरहवा–बैंकक उडानको निरन्तरताको लागि पर्यटन व्यवसायीहरुको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित