तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म, मापसे गर्न नपाइने

बुटवल । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।

जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही हुने निर्णय भएको उनले बताए ।

जेन जी आन्दोलनपछि उत्पन्न परिस्थिति अनुसार समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाका १६ वटै पालिकामा परिपत्र गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

‘भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा कानूनको पालना गर्दै प्रशासन, सुरक्षा निकाय,आम नागरिक र नीजि क्षेत्र सबै मिलेर शान्ति सुरक्षा र अमनचयन कायम गनुपर्ने अवस्था छ’, प्रजिअ पाण्डेले भने ।

आइतबारदेखि शुरु भई छठको अर्को दिनसम्म लागू हुने सुरक्षा योजना अनुसार १६ वटै पालिकामा सादा पोशाकमा पर्याप्त प्रहरी खटाउने, सुरक्षा निकायले गस्ती बढाउने, छठ घाटहरुको स्थान निर्धारण गरी तारबार र डोरी टांगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित