निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपिल

जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको हो ।

भारी वर्षाका कारण उत्पन्न हुनसक्ने डुवान, बाढी, पहिरो, भुक्षय लगायतका विपद्जन्य जोखिम हुने, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सकर्कता अपनाउन र पूर्वतयारीमा ध्यान दिन भनेको छ ।

प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरु, नदी किनारमा नबस्न तथा  जोखिमपूर्ण स्थानका वासिन्दाले आपतकालीन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ ।

त्यस्तै, सवारी साधनलाई संयम भएर सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गर्दै भित्रि सडकहरु साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । यो अवधिमा जिल्लाको गैँडाकोटको कालिगण्डकी करिडोरदेखि डेढगाउँसम्म र दलदले–धौवादी–बुलिङटारको भित्रि सडक बन्द रहने प्रशासनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुनेगरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित