तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मी तम्घास क्षेत्रमा सिसिटिभी क्यामेराको माग

गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उदिनढुङ्गा, जिपपार्क र फिल्म हल, हस्पिटल लाइनमा दुई दुईवटा र गरिमा विकास बैंक क्षेत्रमा एउटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । सदरमुकाम तम्घासका मुख्यनाका देउराली, नेटा र बाघमारेमा दुई दुईवटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

अहिलेसम्म २२ वटा सिसिटिभी क्यामेरा छन् । जिल्ला प्रशासन क्षेत्रमा चार तथा भगवती मन्दिर, बसपार्क, मिलनचोक, क्याम्पस रोड, र चिदिचुर रोडमा दुई दुईवटा क्यामेरा जडान गरिएको छ । खानीगाउँ, नयाँबजार, भिमचोक, भुतबङगाला, पुरानो बजार र अर्घाखाँची जिपपार्क क्षेत्रमा एक एकवटा क्यामेरा रहेका छन् ।

प्रहरी निरीक्षक थापाका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित दुई (क) दुई र (ख) बर्गका दुई दुईवटा इलाका प्रहरी कार्यालय रहेका छन् । हरीचौकी १६, अस्थायी प्रहरी चौकी पाँच र बिट सातवटा रहेका छन् । ती मध्ये आफ्नो भवनमा १२ र अरुको भवन तथा भाडामा २० प्रहरी कार्यालय रहेको थापाले बताउनुभयो ।

प्रहरी कार्यालयसँग सुरक्षाको हिसाबले सिसिटिभी क्यामेरा राख्ने स्थानको पहिचान गरे पनि खरिद गरेर जडान गर्ने आर्थिक स्रोत छैन् । बिगतमा पनि विभिन्न स्थानीय तह र संघ संस्थाले क्यामेरा सहयोग गरेकाले अहिले पनि आवश्यक स्थानमा क्यामेरा समन्वय गरेर जडान गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्यामेराको कारण घटना नहुने र जस्तोसुकै घटना भएपनि प्रहरीले अपराधी पहिचान गर्न सजिलो हुने भएकाले सुरक्षाका महत्त्वपूर्ण उपकरण जडान गर्नुपर्ने बताउनुभयो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित