मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ । दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो । तर समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार अब त्यो साइत बितिसक्दा पनि सर्वसाधारणले दिनभर नै टीका थाप्न सक्नेछन् ।

‘दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ हुन्छ । सर्वसाधारणलाई टीका थाप्न साइत कुर्न आवश्यक छैन,” भट्टराईले भने, ‘अब पनि टीका लगाउन सकिन्छ, यसलाई असाइत मानिँदैन।’

पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउँदा परम्परागत अभ्यासअनुसार टीका दिने व्यक्ति पश्चिम र टीका लिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।

आजको दिनलाई परिवारभित्र मिलन र आशीर्वादको दिनका रुपमा लिने गरिएको छ । परम्पराअनुसार गुरुपुरोहित भए उनीमार्फत, नभए परिवारका ज्येष्ठ सदस्य वा अन्य मान्यजनको हातबाट टीका–जमरा लगाइन्छ । त्यसपछि मात्रै अन्य मान्यजन कहाँ गई टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

यसरी, बिहान तोकिएको साइत बितिसक्दा पनि आज दिनभर नै टीका लगाउन सकिने भएकाले घर–घरमा अहिले पनि बडादशैंको रमाइलो माहोल चलिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित