तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाब उल्लेख्य मात्रामा बढ्ने सम्भावना छ।

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ।

काठमाडौँसहित माथि उल्लिखित १७ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट पनि दिएको छ।

यसैगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित