कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाब उल्लेख्य मात्रामा बढ्ने सम्भावना छ।

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ।

काठमाडौँसहित माथि उल्लिखित १७ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट पनि दिएको छ।

यसैगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित