बुटवल । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको फोर्स गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा २ बच्चाहरुको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३ः३० बजेअर्घाखाँचीको टारीमा दुर्घटना हुँदा २ जना बच्चाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मदाने गाउँपालिका ७ नेटा खर्कका १३ बर्षिय नारायण पौडेल र मदाने गाउँपालिका ६ पुर्कोटकी १० बर्षिय अरुणा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार फोर्स गाडी अनियन्त्रित भई सडक देखी ७० मिटर तल खसेर दुर्घटना भएको थियो ।










